नेपाली काँग्रेस बागमती प्रदेशका सभापतिका प्रत्यासी जगदीश्वर नरसिंह केसीले बीपी कोइरालाले प्रतिपादन गरेको सिद्धान्त, आदर्श र निष्ठा काँग्रेसमा समाप्त भएको टिप्पणी गरेका छन् ।
काँग्रेसको बागमती प्रदेश अधिवेशनमा देखिएका क्रियाकलापहरूबाट बीपीको सिद्धान्त, आदर्श र निष्ठा समाप्त भएको अनुभूति भएको र त्यसतर्फ कार्यकर्ताहरूले सोच्नु पर्ने अवस्था आएको बताए ।
‘अहिलेको अधिवेशनले मैले अनुभव गरेको कुरा नेपाली काँग्रेसको बीपी कोइरालाले प्रतिपादन गरेको सिद्धान्त, आदर्श, निष्ठा समाप्त भएको हो कि वा यसको मृत्युशैयामा, भेन्टिलेटरमा पुगेको हो कि भन्ने अनुभूति भएको छ,’ उनले भने, ‘यो परिस्थितिलाई प्रत्येक र आदर्शवान कार्यकर्ताले सोच्नुपर्ने बेला आएको छ ।
उनले निर्वाचनको परिणामलाई सहज रुपमा स्वीकार गरेको भन्दै अधिवेशन निष्पक्ष र भयरहित हुन भने नसकेको बताए । सत्ता, शक्ति र पैसाको कारण आफू सभापतिको रेसबाट बाहिरिएको भए पनि काँग्रेसको चुरो मत आफ्नो पक्षमा रहेको उनले दाबी गरे ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।