शनिबार, असार १८ २०७९
ताजा अपडेट

गैंडा र एमाले समान, जिस्काए परिणाम राम्रो नआउने चेतावनी


  • KTM Khabar
  • सोमबार, मंसिर २० २०७८
2.7K
SHARES

नेकपा एमाले सचिव योगेश भट्टराईले गैंडा र एमाले प्रवृत्ति समान रहेको बताएका छन् । उनले गैँडा र एमालेले जाइलाग्नेलाई नछाड्ने भन्दै दुवैको प्रवृत्ति एउटै भएको अभिव्यक्ति दिएका हुन् ।

सोमबार चितवनमा पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले एमालेलाई जिस्क्याए परिणाम राम्रो नआउने चेतावनी दिँदै जिस्काउनेलाई लखेट्ने बताए ।

चितवनमा हालै सम्पन्न पार्टीको १०औँ महाधिवेशनको मस्कटमा एकसिंगे गैँडा राखेकोमा भएका आलोचना र टिप्पणीलाई लक्षित गर्दै उनले भने, ‘एमाले र गैँडामा केही समानाता भएरै गैँडा छानेको हो । गैँडालाई जिस्क्याउनुहुन्छ, हिर्काउन थाल्नुहुन्छ, त्यसले तपाईंलाई छोड्दैन, लेखट्छ, एमाले पनि त्यस्तै छ । जब एमालेमाथि जाइलाग्नुहुन्छ, तब एमालेले छोड्दैन ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा