शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

शेखरसहितका नेताले मत नहाल्दा सभापतिमा हारे गुरुराज !


  • सोमबार, मंसिर २० २०७८
12.8K
SHARES

फाइल तस्विर

नेपाली काँग्रेस प्रदेश १ को अधिवेशनमा संस्थान इतर पक्षका चार नेताले मतदान गरेनन् । काँग्रेस केन्द्रीय सदस्य शेखर कोइराला, सुजाता कोइराला, महेश आचार्य र बलबहादुर केसीले मतदान नगरेका हुन् ।

तर संस्थापन इतर पक्षका प्रदेश सभापतिका प्रत्यासी गुरुराज घिमिरे २ मतले पराजित हुन पुगे उनीहरु मतदान स्थलमै पुगेको भएपनि मतदान नगरेको पाइएको छ । केन्द्रीय नेताहरू सिटौला, मिनेन्द्र रिजाल, अमृत अर्यालले भने मतदान गरेका थिए।

सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहका उद्धव थापाले ८४४ मत ल्याएर प्रदेश १ सभापतिमा बाजी मारे । तर आफू पक्षीय चार नेताले मत नहालिँदा ८४२ मत पाएका घिमिरेलाई २ मत अपुग भयो ।

कोइरालाले प्रदेशमा मत हाल्दा केन्द्रमा चुनाव लड्न पाइँदैन कि भनेर मत नहालेको उनको सचिवालयले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा