पञ्चायत काल देखी गणतन्त्रीय व्यवस्थामा समेत दशौँ पटक मन्त्री पदमा पुग्न सफल आफूलाई राजसंस्था र हिन्दु बादी नेताको रूपमा चिनाएका निवर्तमान राप्रपा नेपालका अध्यक्ष हुन कमल थापा ।
अहिले भएको राप्रपाको अधिवेशनमा अध्यक्षमा पराजित हुन पुगेका छन् । उनी पराजित भए संगै सामाजिक सञ्जाल मार्फत असन्तुष्टिहरू पोख्दै आएका छन् ।
थापा राजा र हिन्दु राष्ट्र हुनु पर्छ भन्दै गणतन्त्रमा उदाएका उनि एकाएक उपप्रधानमन्त्री बनेपछि उनको लोकप्रियता कम भयो । एक भोट गाईलाई भन्दै जनताले हिन्दु राज्यका लागी कमल थापालाई दिएको मत कमलथापाले मन्त्री पदमा साट्न पुगेको सर्वसाधारणको बुझाई छ ।
बिभिन्न माध्यममा आम सर्वसाधारणले कमल थापालाई पद र प्रतिष्ठा पाए पछि पार्टीको सिद्धान्त र मूल्य र मान्यतालाई बिर्सने नेताको रूपमा चित्रण गर्छन् । पद पाए कमल थापाले राजा र हिन्दुत्वको झोला बिसाएर गणतन्त्रको झोला बोक्ने आम सर्वसाधारणको बुझाइ छ ।
एक राप्रपा कार्यकर्ता भन्छन, अध्यक्षमा हार ब्यहोरेका थापा सामाजिक सञ्जालमार्फत अध्यक्षमा निर्वाचित लिङ्देनलाई बधाई दिने तर पूर्व निर्धारित कार्यक्रम नयाँ कमिटीको शपथ ग्रहणमा समेल नहुनु उनको पद नपाएपछीको अक्रोस रहेको र पद पाएको खण्डमा सबै मुद्दा बिसाएर गणतन्त्रमा होमिने बताउँछन् । नाम नबताउने सर्तमा ती कार्यकर्ताको दाबी छ , कमल थापाले हिन्दु राज्य र राजाको मुद्दा बेचेर जनता झुकाएर मन्त्री पद सम्म पुगेर जनताले धोका दिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।