हरेक हप्ताको सोमबार आफैंमा एक महत्वपुर्ण दिन हो,यसलाई अर्को अर्थमा भगवान शंकरको दिन पनि भन्ने गरिन्छ । आजको दिनमा भगवान शंकरका भक्तहरुका लागि धेरै फलदायी मानिन्छ। यसैले, यस दिन मान्छे शिव शंकर को उपासना संग विभिन्न प्रकार को उपचार गर्छन, ताकि उनिहरुलाई भोलेनाथको आशीर्वाद प्राप्त होस ।
दूध र चिनी मिश्री भगवान शिवलाई चढाउनुहोस
आजको दिन तपाईले सक्नुहुन्छ भने बिहान नभए बेलुका जुनसुकै समयमा मन्दिरमा जानुहोस् अनि दूध र चिनी मिश्री भगवान शिवलाई चढाउनुहोस । यदि सोमबारको दिन अर्थात आजको दिन मन्दिर जान सक्नुहुनन भने चिन्ता नगर्नुहोस । एउटा कुरा शास्त्रहरुमा भनिएको छ यदि तपाईको मनमा आस्था छ भने तपाईले जुनसुकै समयमा जहाँसुकै पनि भगवानको उपासना गर्न सक्नुहुन्छ । आज पनि तपाई मन्दीर जान सक्नुहुन्न भने घरमा नैं भगवानलाई मन्दीरमा चढाउने कुराहरु चढाएर कृपा पाउँन सक्नुहुन्छ ।
११ वटा वेलपत्र चढाउनुहोस
भगवान शिवको लागि बेलपत्र सबैभन्दा प्रिय लाग्छ त्यसैले यसलाई चढाउनुहोस । यसरी तपाईले आफ्नो इच्छा पूरा गर्न को लागि तपाईले भगवान शिव शंकरलाई हरेक सोमबारमा ११ वटा वेलपत्र चढाउनुहोस ।
गंगाजल चढाउनुहोस
भगवान शिव शंकरलाई जलसँग गहिरो प्रेम भएको कुरा पुराणहरुमा उल्लेख गरिएको छ । विभिन्न धार्मिक ग्रन्थहरुमा भनिएको छ कि भगवान शिवशंकरलाई गंगाजलसँग गहिरो लगाब थियो । जसका कारण आज पनि हरेक हप्ताको समोबार भगवानलाई शुद्ध गंगाजाल चढाउने गर्नाले अर्थात यस जलले पूजा गर्नाले भगवान भक्तसँग खुःशी हुन्छन भन्ने विश्वास रहँदै आएको छ ।
ॐ नमों शिवाय मन्त्र जप्नुहोस
भगवान शिवशंकरलाई प्रसन्न राख्नको लागि जप्नुपर्ने मन्त्र हो,ॐ नमों शिवाय १ यस मन्त्रलाई तपाई सोमबार मात्रै होईन हरेक दिन जप्न सक्नुहुन्छ । यसले तपाईलाई सकारात्मक उर्जा प्रदान गर्न सहयोग गर्नेछ ।