शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बागमती कांग्रेस सभापतिमा बानियाँ र केसी भिड्दै, प्रधानले भने- सहमति गर्नुस्


  • आइतबार, मंसिर १९ २०७८
12K
SHARES

फाइल तस्विर

बागमती प्रदेशमा सहमतिअनुसार नेतृत्व चयन गर्न भीमसेनदास प्रधानले आग्रह गरेका छन्।

शनिबार भएको मतगणनामा प्रधानले सभापति पदमा तेस्रो मत ल्याएका थिए।

सभापतिमा ईन्द्र बानियाँले पहिलो मत र जगदीश्वरनरसिंह केसीले दोस्रो मत पाएका थिए। बागमतीमा बानियाँले ९९२ मत ल्याएका थिए भने केसीले ८७२ र प्रधानले १९७ मत ल्याएका थिए।

पहिलो र दोस्रो बढी मत ल्याउनेबीच आज फेरि सभापति पदका लागि प्रतिस्पर्धा हुने भएको छ।

प्रधानले भने नजिकिँदै गरेको स्थानीय तहलगायतको चुनावलाई मध्यनजर गर्दै सहमतिअनुसार अगाडि बढ्न आग्रह गरेका छन्।

आज बिहान प्रेस विज्ञप्ति जारी गर्दै उनले प्रतिस्पर्धामा रहेका बानियाँ र केसीलाई सहमति गर्न आग्रह गरेका छन्।

‘एकता र सहमतिका लागि प्रतिस्पर्धामा रहेका साथीहरूलाई आग्रह गर्दछु,’ उनले भनेका छन्।

कांग्रेसमा सभापति जित्न ५१ प्रतिशत मत ल्याउनुपर्छ। कसैले पनि ५१ प्रतिशत मत नल्याउँदा धेरै मत ल्याउनेबीच सभापतिमा पुन: मतदान हुन्छ।

बागमतीमा सभापतिमा पहिलो चरणमा त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो। बानियाँलाई सभापति शेरबहादुर देउवाको समर्थन छ भने केसीलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रधानलाई पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समर्थन थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा