बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

भाषणमा राजा र हिन्दु राज्य व्यवहारमा पद र प्रतिष्ठा खोज्दै हिँड्ने कमल थापा पराजित !


  • आइतबार, मंसिर १९ २०७८
9K
SHARES

तस्विरः फाइल

राप्रपा पार्टी राजासहितको हिन्दु राज्यको वकालत गर्ने पार्टी हो । बिगतमा कमल थापा उग्र हिन्दु राज्य र राजाकै भाषण गरेर चर्चामा आउने गर्थे तर उनको कार्यशैली पद र प्रतिष्ठामा गएर आफ्ना मुद्दाहरूलाई स्थापित नगराउने किसिमको बनेको राप्रपा कार्यकर्ताहरूको बुझाइ थियो ।

आसन्न महाधिवेशनमा भाषणमा राजा र हिन्दु राज्य व्यवहारमा पद र प्रतिष्ठा खोज्दै हिँड्ने कमल थापा पराजित हुनु परेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । कमल थापालाई २ सय मत अन्तरले हराउँदै लिङ्देन राप्रपाको अध्यक्षमा विजयी भएका हुन् ।

निर्वाचन समितिका अनुसार लिङ्देन १ हजार ८ सय १७ मत पाएर अध्यक्षमा विजयी हुँदा कमल थापाले १ हजार ६ सय १७ मत पाएका छन् । ४३१ मत बदर भएको थियो ।

अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन् । थापाले सामाजिक सन्जालमा लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना ।’

खुला उपाध्यक्षमा विक्रम पाण्डे, महिला उपाध्यक्षमा रोशन कार्की, खुला महामन्त्रीमा डा. धवलशम्सेर राणा र महिला महामन्त्रीमा कुन्ती शाही विजयी भएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा