शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

माधव नेपालको ठोकुवा, ओलीको एमाले आउँदो चुनावमा पत्ता साफ हुन्छ


  • शनिबार, मंसिर १८ २०७८
9.5K
SHARES

फाइल तस्विर

समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका छन्।

अहिलेको सत्ता गठबन्धनलाई निर्वाचनसम्म टुट्न नदिने र निर्वाचनबाट एमालेलाई पत्तासाफ पार्ने उनले दाबी गरे। शनिबार नेकपा एकीकृत समाजवादीले अर्घाखाँचीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले सत्ता गठबन्धनलाई टुटाउन विभिन्न शक्ति लागिरहेको भन्दै गठबन्धनलाई कसैले टुटाउन खोजे पनि नटुट्ने, बरू अझै सशक्त भएर अगाडि बढ्ने बताए।

‘नजिक आइरहेको राष्ट्रिय सभा चुनावसँगै अरू आउने स्थानीय, प्रदेश र संघीय चुनावमा पनि पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार उठाएर एमालेलाई पत्तासाफ पार्ने सल्लाह गरेका छौं,’ नेपालले भने।

नेता नेपालले अर्घाखाँचीमा रिक्त रहेको निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्ने वा अर्को वर्ष एकैपटक निर्वाचन गर्नेबारे छलफल भइरहेको भन्दै जहिले निर्वाचन भए पनि एमाले पूरै पत्तासाफ हुने दाबी गरे।

उनले अर्घाखाँचीमा पनि गठबन्धनलाई बलियो बनाउने गरी लाग्न पार्टीका नेता/कार्यकर्तालाई आग्रह गरे।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले एमालेभित्र फरक मत राख्नेहरूको अपमान भइरहेको भन्दै आफू पनि अपमान सहन नसकी विद्रोह गरेर निस्किएको बताए।

उनले एमालेमा रहेका नेता/कार्यकर्ताले विद्रोह गर्नुको विकल्प नरहेको बताए।

एमालेले जनताको बहुदलीय जनवादका गफमात्रै हाँकिरहेको भन्दै नेता नेपालले केपी ओलीले जनताको बहुदलीय जनवादलाई चितवनको नारायणी नदीमा विसर्जन गरेको टिप्पणी गरे।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा