शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

गगन थापा : काँग्रेस केन्द्रीय राजनीतिबाटै आउट हुन सक्ने, महामन्त्रीमा हार्ने निश्चित !


  • शुक्रबार, मंसिर १७ २०७८
17.3K
SHARES

फाइल तस्विर

काँग्रेस नेता गगन थापा यो भन्दा अघिल्लो महाधिवेशनमा कृष्ण प्रसाद सिटौला गुटबाट महामन्त्रीमा हारेर पछि पुन केन्द्रीय सदस्य मनोनीत भएका नेता हुन । भाषणमा प्रखर कामले भन्दा धेरै बोलेरै युवाको मनमा उनले डेरा जमाएका छन् ।

युवा माझ उनको लोकपृय छवि छ । मिडिया बाजिमा अब्बल छन् गगन थापा । आसन्न काँग्रेस महाधिवेशनमा गगन थापाले पुन महामन्त्रीमा लड्ने उम्मेदवारी घोषणा गरेका छन्  तर यो पटक पनि नेता थापालाई महामन्त्री जित्नु फलामका चिउरा चपाउनु जतिकै गारो देखिन्छ ।

महामन्त्री जित्ने दाउमा थापाले सिटौला गुट छोडेर पौडेल गुट तिर आकर्षित हुँदै काठमाण्डौमा पूर्व महामन्त्री प्रकाशमान सिंह सँग मिलेर आफ्ना मान्छेहरूलाई सेटल सम्म गर्न भ्याएका छन् ।

पछिल्लो समय रामचन्द्र खेमामा बसाई सरेर महामन्त्री जित्ने दाउमा आएका थापालाई महामन्त्री जित्न सहज देखिँदैन । पौडेल खेमा बाटै सभापतिका आकाङ्क्षी तिन जना भन्दा धेरै देखिए पछि नेता थापाको हालत खराब भएको निकट स्रोत बताउँछ ।

प्रकाशमान सिंह, रामचन्द्र पौडेल, शेखर कोईराला लगायतका नेता सभापतिका आकाङ्क्षी देखिए पछि गगन लाई तनाव सिर्जना भएको छ । अहिले सम्म यो नेता नै मेरो सभापति हुनुपर्छ भनेर चुइँक्क मुख नखोलेका थापा देउवा खेमामा जान लालायित छन् । तर देउवा खेमामा जान त के सोच्न पनि नसक्ने अवस्था छ । देउवा सँगै धेरै  नेताहरू भएको कारण थापाको देउवा खेमामा ईन्ट्री हुने सम्भावना देखिँदैन ।

अघिल्लो महाधिवेशनमै महामन्त्री लडेर हारेपछि तत्कालीन विधान अनुसार पुन केन्द्रीय सदस्यमा मनोनीत भएका थापा यो पटक केन्द्रीय सदस्यबाट अघि बढ्ने खुट्किलोका रूपमा महाधिवेशनलाई प्रयोग गर्ने हो भने उनका सामु रहेको विकल्प हो महामन्त्रीका लागि चुनावी मैदानमा उत्रनु त्यो पनि देउवा खेमाबाट तर त्यो सम्भव नदेखेपछि पौडेल खेमामा हाम फालेका थापा पौडेल खेमामै धेरै उम्मेदवार देखेपछि आत्तिएको स्रोतको दाबी छ ।

नेता थापाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर कोईराला लाई मिलाउने अवस्था नभएको स्रोत बताउँछ । उसै पनि नेता गगन जुनिएर छन् पार्टी भित्र पौडेल खेमा मिलाउन नसके गगन सँग दुई विकल्प वाकी रहन्छ । एक महामन्त्रीबाट ब्याक भएर त्यो भन्दा तलका पदमा सम्झौता गर्ने या केन्द्रीय सदस्य मात्रै लड्ने ।

यो पकट पनि अहिलेकै अवस्थामा गगन महामन्त्री लडे हार्ने निश्चित छ । यो पटक हारेका पदाधिकारीलाई मनोनयन गर्ने व्यवस्था छैन । हारेपछि पुन पाँच वर्ष केन्द्रीय राजनीतिबाट बाहिर रहनुपर्ने हुन्छ । गगन थापा केन्द्रीय राजनीतिबाट बाहिर बस्न सक्ने प्रवृत्तिका मान्छे होइनन् । त्यसैले केन्द्रीय सदस्यमै लड्ने स्रोतको दाबी छ ।

महामन्त्री चुनाव लड्दा गगन थापाका लागि निकै ठूलो जोखिम छ । गुटबन्दीले ग्रस्त नेपाली काँग्रेसमा गगन थापाले महामन्त्रीमा चुनाव जित्ने हो भने देउवा वा रामचन्द्र पक्षको आधिकारिक उम्मेदवार बन्नुपर्ने हुन्छ ।

देउवा पक्षले आधिकारिक उम्मेदवार बनाउने देखिँदैन । रामचन्द्र पक्षमा पनि गगन हावी हुने अवस्था नभएपछि यो पटक पनि महामन्त्रीमै चुनाव लडे हार्ने र अहिले केन्द्रीय सदस्यमा मनोनीत गर्ने अवस्था नरहेकाले पाँच वर्ष केन्द्रीय राजनीतिबाटै बाहिर बस्नु पर्नै अवस्थामा गगन पुगेको स्रोतको दाबी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा