झापाको बिर्तामोड ५ मा रहेको सुनगाभा इंग्लिस बोर्डिङ स्कुलका शिक्षक विकास पोख्रेलको कुटाइबाट ९ वर्षीय विद्यार्थी अविरल तिम्सिनाको तिघ्रा र गालामा सुम्लो बस्ने गरी कुटेको समाचार बाहिरिएका छन् ।
बच्चालाई होमवर्क नगरेको निहुँमा शिक्षक विकास पोख्रेलले निर्घात कुटपिट गरेका हुन् । अभिभावकहरूले आफ्ना मुटुका टुक्रा बच्चाहरूलाई स्कुल पठाउँदा शिक्षकले कुट्नु र नीलडाम बनाएर घर पठाउनु गम्भीर गल्ती सिक्षकले गरेको र शिक्षक पशु भएको भन्दै सामाजिक सञ्जालमा विरोध गरेका छन् ।
विद्यालयका प्रध्यानाध्यापक मिलन श्रेष्ठले विद्यार्थी कुट्ने शिक्षकलाई झापाका कुनै पनि विद्यालयमा पुन रोजगार नमिल्ने गरी हटाइ सकेको खवर समेत सार्बजनिक भईसकेका छन् ।
तर सामाजिक सञ्जाल प्रयोग कर्ताहरूले यस्ता क्रूर शिक्षकलाई हदै सम्मको कारबाही हुनु पर्ने बताएका छन् । बच्चालाई शिक्षकले निर्घात कुटेर निल डाम बनाएको खबर सबैभन्दा पहिला सेतोपाटी अनलाईन मार्फत सार्बजानिका भएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।