शनिबार, साउन ३० २०८३
ताजा अपडेट

कमल थापाले बनाए प्यानल


  • शुक्रबार, मंसिर १७ २०७८
8.4K
SHARES

तस्विरः फाइल

राप्रपाको जारी एकता महाधिवेशनमा अध्यक्ष कमल थापाले आफ्नो प्यानल घोषणा गरेका छन्। बिहीबार राति थापाले आफ्नो तर्फबाट उठ्ने उम्मेदवारहरू घोषणा गरेका हुन्।

थापाको प्यानलमा उनीसँगै उपाध्यक्षमा पूर्वमन्त्री बुद्धिमान तामाङलाई राखेका छन्। एक महिलासहित चार उपाध्यक्षमा थापाले पूर्वआइजिपी ध्रुवबहादुर प्रधानलाई राखेका छन्।

उपाध्यक्षमा थापाले पूर्वमन्त्री विक्रम पाण्डेलाई राखेका छन्। पाण्डेलाई भने अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनले पनि प्यानलमा राखेका छन्।

यसैगरी, थापाले आफ्नो समूहमा महिला उपाध्यक्षमा रोशन कार्कीलाई राखेका छन्।

तीन महामन्त्री पदमा थापाले भाष्कर भद्रा, भुवन पाठक र महिलामा कुन्ती शाहीलाई उम्मेदवार बनाएका छन्।

राप्रपा अध्यक्ष थापाको पक्षमा राप्रपाका ‘हस्ती’हरूले समर्थन गरेका छन्। त्यसमा अध्यक्षमध्ये पशुपतिशमशेर जबरा, पूर्वमन्त्री दीपक बोहरा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, उनका छोरा जयन्त चन्दलगायत छन्।

यसैगरी, थापाको पक्षमा सात प्रदेशमध्ये राम थापा (१), भरत गिरी (२), विक्रमबहादुर थापा (बागमती), प्रदीप उदय (लुम्बिनी), दीपबहादुर शाही (कर्णाली) र धर्मराज जोशी (सुदूरपश्चिम) खुलेका छन्।

बिहीबार बेलुका सार्वजनिक गरिएको मतदाता सूचीमा अधिकांश थापाको पक्षमा रहेको दाबी गरिएको छ।

थापा राप्रपाका प्रभावशाली नेता हुन्। उनले यो महाधिवेशनमा आफ्ना समकक्षी नेता राजेन्द्र लिङदेनसँग प्रतिस्पर्धा गर्दैछन्।

राप्रपा हिन्दु राष्ट्र, राजासहितको प्रजातन्त्र र संघीयता खारेजीको एजेन्डा लिएर एकता महाधिवेशन गर्दैछ।

राप्रपाको एकता महाधिवेशन बुधबारदेखि भृकुटीमण्डपमा जारी छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा