शनिबार, साउन ९ २०८३
ताजा अपडेट

राजेन्द्र लिङ्देनले टुंग्याए पदाधिकारी टिम, महामन्त्रीमा रेखा थापा पनि


  • शुक्रबार, मंसिर १७ २०७८
11.1K
SHARES

फाइल तस्विर

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनले निर्वाचनबाट चयन हुने उपाध्यक्ष र महामन्त्रीको उम्मेदवार टुंगो लगाएका छन् ।

उनको प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । त्यस्तै महामन्त्रीमा डा. धवलशम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाले उम्मेदवारी दिने राप्रपा नेता मुकुन्दश्याम गिरीले जानकारी दिए ।

बुधबार सुरु भएको राप्रपाको महाधिवेशनमा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरेका छन् । राप्रपामा ४ उपाध्यक्ष र ३ महामन्त्री निर्वाचनबाट चयन हुनेछन् भने अरु १४१ केन्द्रीय सदस्य निर्वाचनबाट आउनेछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा