शनिबार, साउन ३० २०८३
ताजा अपडेट

केपी गुटले संविधान संशोधन गर्न दिएन : प्रचण्ड


  • बिहिबार, मंसिर १६ २०७८
6.8K
SHARES

फाईल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू प्रधानमन्त्री भएका बेलामा संविधान संशोधनका लागि दुई पटक प्रस्ताव लैजाँदा नेकपा एमालेको केपी ओली गुटले नचाहेका कारण संशोधन प्रक्रिया अघि बढाउन नसकेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता विरोधी, गणतन्त्र विरोधी, समावेशी विरोधी शक्तिहरुले संविधान संशोधन हुन नदिन षड्यन्त्र गरेको आरोप लगाए ।

उनले तथाकथित मधेसवादी दल बनाएर माओवादीलाई गणतन्त्र विरोधी देखाउने गरी भ्रम छरिएको भन्दै मधेसी, आदिवासी, जनजातिका लागि लड्न र परिवर्तनको रक्षाका लागि माओवादी नै सशक्त र जिम्मेवार रुपमा सक्रिय रहेको बताए । ‘माओवादी बलियो भयो भने अहिलेको उपलब्धि बलियो हुन्छ, माओवादी कमजोर भयो भने उपलब्धि पनि कमजोर हुन्छ,’ नवप्रवेशीहरुलाई सम्बोधन गर्दै उनले भने ।

राष्ट्रिय एकताका लागि माओवादीलाई बलियो बनाउन आवश्यक रहेको बताउँदै उनले जनताको साथ लिएर प्रतिगमनलाई परास्त गर्दै आफूहरुले बालुवाटारबाट बालकोट पु¥याएको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा