राप्रपा अध्यक्ष कमल थापाले विगतमा आफूले गल्ती गरेको स्वीकारेका छन् । राप्रपाले विगतमा आफ्नो एजेण्डा ओझेलमा पार्दै पटक पटक सरकारमा सामेल भएर गल्ती गरेको स्वीकारेका हुन् ।
‘विगतमा पटकपटक राप्रपा सरकारमा सहभागी हुँदा पार्टीको एजेण्डा ओझेलमा पर्यो भन्ने पार्टीका आम कार्यकर्ताहरूको गुनासो छ । हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा बोकेको पार्टी सरकारमा जुनसुकै सरकारमा सहभागी भएको पार्टीका सहयोगी र शुभचिन्तकहरुलाई चित्त बुझेको छैन’, महाधिवेशनामा थापाले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख छ । ‘यो वास्तविकतालाई हृदयङ्गम गर्दै आगामी दिनमा सत्ता केन्द्रित होइन सिद्धान्त र जनता केन्द्रीत राजनीति राप्रपाको प्राथमिकता हुनेछ ।’
थापाले अब आगामी दिनमा सरकारमा सहभागी हुँदा आफ्नो सिद्धान्त र मान्यतालाई सुदृढ तुल्याउने शर्तलाई मुख्य आधार बनाउने पनि बताएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।