शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

वरिष्ठ शिक्षाकर्मी ठकुरीको निधन, विद्यालयहरूले दिए सार्वजनिक बिदा


  • बुधबार, मंसिर १५ २०७८
16.9K
SHARES

फाइल तस्विर

१५ मंसिर, काठमाडौँ । वरिष्ठ शिक्षाकर्मी श्याम मल्ल ठकुरीको निधन भएको छ । शिक्षा क्षेत्रमा ३ दशकभन्दा बढी समय बिताएका ठकुरीको बुधवार निधन भएको परिवार श्रोतले बताएको छ ।

निमोनिया र क्यान्सर रोगसँग लडिरहेका ठकुरीको ६५ वर्षको उमेरमा बिहान ४ बजे ललितपुरमा रहेको हरिसिद्धि क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

बुधवार नै पार्थिव शरीरलाई पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । श्रद्धाञ्जली दिन विभिन्न स्कुलका प्रिन्सिपल एवं शिक्षासंग सरोकार राख्ने व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्याब्सनका पूर्व केन्द्रीय सदस्य, डाइमण्ड स्कुलका संस्थापक समेत रहेका ठकुरी काठमाडौँको उत्तरी भेगमा पुराना र शिक्षा क्षेत्रको अभिभावक रूपमा चिनिन्छन् ।
‘हामीले शिक्षा क्षेत्रको अभिभावक गुमाएका छौँ ।’ बूढानीलकण्ठ शैक्षिक मञ्चका अध्यक्ष कृष्ण भण्डारी भन्छन्, उहाँको निधनले सिंगो शिक्षा क्षेत्रलाई ठुलो क्षति पुगेको छ । शिक्षामा ठकुरी सरले गर्नु भएको योगदानलाई हामी सदैव सम्झिरहने छाैँ ।’

ठकुरीको निधनलाई लिएर वरिष्ठ सञ्चारकर्मी राजेन्द्र बानियाले आफ्नो फेसबुकमा लेख्छन्, ‘पहिलो पटक धेरै वर्ष अघि एउटा अपरिचित नम्बरबाट बधाईको फोन आयो । मलाई प्याब्सनमा मनोनीत गरिएको (फोन रहेछ,श्याम मल्ल ठकुरी दाजुको । मैले प्याब्सन छाडेँ,दाइ तिमिले संसार छाड्यौ । श्रद्धा सुमन दाइ ।’

ठकुरीको सम्झनामा विद्यालय बिदा

ठकुरीको सम्झनामा आज विद्यालयहरूले एक दिन बिदा गरेका छन् । निजी विद्यालयहरूको छाता सङ्गठन प्याब्सन बूढानीलकण्ठ नगर कमिटी, बूढानीलकण्ठ शैक्षिक मञ्च र सामुदायिक विद्यालयको छाता सङ्गठन पेट्सन बूढानीलकण्ठ नगर कमिटीको आव्हानमा बूढानीलकण्ठ भित्रका विद्यालयहरूमा विद्यालय बिदा गरिएको हो ।
केटिएम खबरसंग कुराकानी गर्दै प्याब्सन बूढानीलकण्ठ नगर कमिटीका अध्यक्ष राधेश्याम श्रेष्ठले बुधवार विद्यालयहरू बिदा गरिएको जनाए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा