राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले पार्टीको हितका लागि आफूले नेतृत्वको दाबी छोडेको जानकारी दिएका छन् ।
काठमाडौँमा बुधबार सुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले केही दिनअघिसम्म नेतृत्वमा गरेको दाबी अहिले पार्टीको हितका लागि फिर्ता लिएको जानकारी दिए ।
तर, आफूले नेतृत्वको दाबी छाडेकोमा केहीले चित्त दुखाएको र जिताउने विश्वास दिलाएका भन्दै उनले सो विचारलाई आफूले धन्यवाद दिने बताए ।
‘लामो समय हामीले पार्टीको नेतृत्व लियौँ । अहिले आएर मेरो विजय ठूलो हो या पार्टीको भन्ने सोचेँ’, उनले भने, ‘८० वर्षको उमेरमा नेतृत्व लिँदा पार्टी फुट्यो भने त्यसले राम्रो गर्दैन । मैले पार्टीको भविष्यलाई सोचेर अध्यक्षको दाबीबाट पछि हटेको हुँ ।’
राप्रपाको एकताका लागि यो महाधिवेशन कोशेढुङ्गा सावित हुनुपर्नेमा जोड दिएका उनले सबै नेता कार्यकर्ताप्रति पनि आह्वान गरे ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।