बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

राजेन्द्र लिङ्देनले कमल थापालाई भने- नेतृत्व छाड्नुस् !


  • बुधबार, मंसिर १५ २०७८
9.3K
SHARES

फाइल तस्विर

काठमाडौंमा भएको राप्रपाको महाधिवेशन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता राजेन्द्र लिङ्देनले कमल थापालाई नेत्रीत्व छोड्न भनेका छन् ।  काठमाडौंमा भएको राप्रपाको महाधिवेशन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै लिङ्देनले अध्यक्षद्वय पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीलाई धन्यबाद पनि दिएका थिए।

राणा र लोहनी र थापा अहिले राप्रपा अध्यक्ष छन्। यीमध्ये थापा फेरि पनि अध्यक्षमा उम्मेदवारी दिँदैछन् भने राणा र लोहनीले उम्मेदवारी नदिने बताइरहेका छन्।

राप्रपा अध्यक्षका लागि सांसदसमेत रहेका पूर्वमहामन्त्री लिङ्देन पनि चुनावी मैदानमा छन्। थापा र लिङ्देनबीच अध्यक्षमा प्रतिस्पर्धा हुने भएको छ।

‘दुई अध्यक्ष (राणा र लोहनी)ले हिजो राजनीतिक जीवनको सर्वोत्तम दिनको निर्माण गर्नुभएको छ। उहाँहरूप्रति पार्टी ऋणी र कृतज्ञ रहनेछ,’ मञ्चबाटै लिङ्देनले भने, ‘उहाँहरूलाई धन्यबाद र आभार। यही कुरा अर्का अध्यक्ष (कमल थापा) लाई सादर अनुरोध गर्दछु। समयको पदचापलाई बुझ्नुस्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा