शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

ढुक्क हुनुहोस् गठबन्धन आउँदाे चुनावसम्म जान्छ : ऊर्जामन्त्री भुसाल


  • बुधबार, मंसिर १५ २०७८
7.3K
SHARES

फाईल तस्बिर

ऊर्जा, मन्त्री पम्फा भुसालले सरकारमा रहेका पाँच दलीय गठबन्धन नतोडिने र यो गठबन्धन आउँदो चुनावसम्म जाने बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र दोर्दी गाउँपालिका लमजुङको प्रथम पालिका अधिवेशन घोषणा सभालाई बुधवार सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो ।

राष्ट्रियता, संविधान र नागरिकको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन बनाइएको उहाँको भनाइ छ । ‘प्रति क्रान्तिको खतरा हुँदासम्म हामी परिवर्तनका शक्तिहरूले राष्ट्रियता, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति सहमति गरेका छौँ । पाँच दलीय गठबन्धनको सरकार छ । उहाँले भन्नुभयो, ‘अहिले केन्द्र र सात वटै प्रदेशमा गठबन्धनको सरकार छ ।’

आवश्यक पर्दा आउँदो चुनावसम्म गठबन्धन मोर्चा बनाएर अघि जाने सोचमा रहेको उहाँले बताउनुभयो । ‘ठूलो मूल्य चुकाएर ल्याएको नेपालको परिवर्तन रक्षा र त्यसका अगाडि आउन सक्ने प्रतिगमन, प्रति क्रान्तिलाई पराजित गर्न त्यो आवश्यकता महसुस गरिएको र सहकार्यद्वारा अघि बढ्ने गठबन्धनको प्रतिबद्धता रहेको छ’, उहाँले भन्नुभयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा