राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा को महाधिवेशनमा कमल थापा र राजेन्द्र लिङ्देन अध्यक्षमा प्रतिस्पर्धा गर्ने पक्का पक्की भएपछि । दुई पक्ष बिच पार्टी अफिसमा मध्य रातामा दुबै पक्षका नेता कार्यकर्ताबिच भनाभन झगडा भएको भएका समाचार बाहिरिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन प्रतिनिधि विवाद सतहमा आएको छ । संस्थापनले जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिको सूचीमा व्यापक फेरबदल गरेको लिङ्देन समूहको आरोप छ । यही विवादका बीच राजेन्द्र लिङ्देन समूहले गएराति पार्टी कार्यालय घेराउ गरेको छ ।
लिङ्देन समूहका नेता कार्यकर्ताले मध्यरातमा पार्टी कार्यालय पुगेर कार्यालय घेराउ गर्नुका साथै अध्यक्ष कमल थापाविरुद्ध नाराबाजी गरेका हुन् । राप्रपा नेता राजाराम बर्तौलाले जिल्लाबाट सिफारिस भएका प्रतिनिधिको टुंगो लगाउने क्रममा सामान्य वादविवाद मात्रै भएको दावी गरे । महाधिवेशनमा सहभागी हुन नसक्नेको ठाउँमा अर्को प्रतिनिधि राख्न खोज्दा विरोध भएको उनको भनाइ छ ।
लिङ्देन निकटले भने कमल थापाकै योजनाअनुरुप चलखेल गरेर महाधिवेशन प्रतिनिधि आफू निकटको राख्न खोजिएको आरोप लगाएको छ । नेता कार्यकर्ताले कमल थापाविरुद्ध चर्को नाराबाजी गर्दै थापा पक्षलाई कार्यालयबाट निस्कन दवाव दिएका थिए । थापा निकटका भास्कर भद्रालगायतसँग लिङ्देन समर्थकको भनाभन समेत भएको बताइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।