शनिबार, साउन ९ २०८३
ताजा अपडेट

भीम रावलले देखाए उच्च राजनीतिक संस्कार, ओलीकै खास मान्छेहरुले समेत गर्न थाले मुक्तकण्ठले प्रशंसा !


  • बुधबार, मंसिर १५ २०७८
9.7K
SHARES

नेकपा एमालेको आगामी नेतृत्वमा केपी शर्मा ओलीसँग पराजित भीम रावलले उच्च राजनीतिक संस्कार देखाएका छन् । रावलको कदमको ओली पक्षका नेताकार्यकर्ता समेत खुलेर प्रशंसा गरेका छन् । रावल ओलीसँगै मञ्चमा देखिएका हुुन्।

एमालेमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि फराकिलो मत अन्तरमा विजयी भए पनि ओलीलाई बधाई दिन निर्वाचन परिणाम घोषणा कार्यक्रममा सँगै देखिएका हुन्।

‘यस्तो हुन्छ भन्ने मलाई पहिला नै थाहा थियो। सबै थाहा पाएरै पाइला चालेको हुँ,’ रावलले मत परिणाम सार्वजनिक भएपछि संक्षिप्त कुरा गर्दै भने,‘बाँकी कुरा अहिले घोषणा सभामा अध्यक्षलाई बधाई दिएर आएपछि भन्छु।’

मतपरिणम घोषणासहित नवनिर्वाचित केन्द्रीय सदस्यहरुको सपथग्रहण कार्यक्रम अहिले आयोजना भइरहेको छ। कार्यक्रममा अध्यक्ष ओलीसहितका साविक पदाधिकारीहरू मञ्चमा छन्। अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बसेर ओलीसँग भलाकुसारी गरिरहेका छन्।

एमालेमा सर्वसम्मत नेतृत्वको लागि प्रयास भए पनि रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि निर्वाचन भएको हो। मंगलबार दिउँसो सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओलीले १८४० मत ल्याउँदा रावलले २२३ मत पाएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा