बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

देशभरका प्रहरीहरुका लागि आयो निकै ठूलो खुसीको खबर, सबैभन्दा ठूलो फाइदा तल्लो दर्जाकालाई !


  • बुधबार, मंसिर १५ २०७८
6K
SHARES

फाइल तस्विर

सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक (असई), वरिष्ठ हबल्दार (बह) र सहायक हबल्दार (सह) गरी तीन पद थप गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

प्रहरी नियमावली २०७१ संशोधनसहित तीन पद थप्ने निर्णय भएको छ । सो निर्णयसँगै प्रहरीमा वरिष्ठ सई, सई र असई गरी तीन पद रहने छन् । हाल सई र असई गरी दुई पद रहेका छन् ।

त्यस्तै हबल्दार पदमा पनि वरिष्ठ हबल्दार, हबल्दार र सहायक हबल्दार दर्जाको व्यवस्था गरिएको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार नयाँ थप गरिएका वरिष्ठ सईहरूको सेवा सुविधा प्रहरी निरीक्षकसरह हुनेछ । सई पदमा करिब चार हजार पाँच सय जनशक्ति रहेको छ । गोरखापत्र दैनिकमा यो समचार छ


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा