शनिबार, साउन ९ २०८३
ताजा अपडेट

ओलीमा सर्वसम्मत अध्यक्ष भएँ भन्ने हुंकार अब रहेन, आफू हारेर लोकतन्त्र जिताउने भिम रावल !


  • बुधबार, मंसिर १५ २०७८
13.5K
SHARES

फाइल तस्विर

नेकपा एमालेको मङ्गलवार सम्पन्न महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भए । दोस्रो पटक अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले एक हजार ८३७ मत ल्याएर निर्वाचित भए ।

ओलीको चाहाना थियो सर्वसम्मत अध्यक्ष बनेर पार्टी आफ्नै कब्जामा छ भन्ने । तर सर्बसम्मतीको अध्यक्ष बन्ने चाहानामा भिम रावल बाधक बने । भिम रावलले सहमतिको नाममा सर्वसम्मत अध्यक्ष बन्छु भन्ने अध्यक्षलाई लतारेर चुनावी मैदानमा ल्याई छाडे ।

भिम रावलले चुनाव जितेनन् तर लोकतन्त्रलाई रावलले आफु हारेर जिताए । रावलले जम्मा २२३ मत पाए । तर, यसलाई हारेर पनि जितिएको रूपमा अर्थ्याउँछन् भिम रावल निकट नेताहरू ।

हुन पनि रावललाई पहिल्यै थाहा थियो ओली सँग जितिदैन भन्ने कुरा तर उनले अन्तिम सम्म चट्टानि अडान छोडेनन् । उनले भने एक मत आए पनि म अध्यक्षमा प्रतिस्पर्धा गर्छु । भयो त्यस्तै उनले थोरै मत ल्याए आफू हारे तर लोकतान्त्रिक प्रक्रियालाई जिताए । चुनाव बाटै अध्यक्षमा ओलीले जिते ।

एमाले नेता नरबहादुर विश्वकर्माका अनुसार ‘सहमतिको नाममा पार्टी कब्जा गर्ने अध्यक्ष ओलीको नीति थियो । पार्टीमा आफूबाहेक कोही छैन र आफू सर्वसम्मत नेता हुँ भनेर दुनियाँलाई देखाउने हुटहुटी थियो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मै एकलौटी पार्टी र सरकार हाक्न खोजेका ओलीले एकता भंग भएर नेकपा एमाले व्युँतिएपछि एमाले पार्टी एकलौटी हिसाबले चलाइरहेका थिए । विधि विधानको प्रवाह नगरी अगाडि बढिरहेका थिए र महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष भएर एमालेमा आफू थप बलियो भएको सन्देश संसारलाई दिन चाहन्थे । तर, ओलीको यस्तो अतृप्त चाहनाको अवरोधकका रुपमा देखा परे डा.रावल ।

त्यसलाई पूरै रोक्नै त सकेनौं, कम्तिमा ओली आफ्नो चाहनालाई लोकतान्त्रिक अभ्यासमा ढाल्न बाध्य हुनुभयो यो डा.रावलको अथक मिहिनेतले सफल भएको हो’, विश्वकर्मा भन्छन्, ‘अब ओलीमा सर्वसम्मत अध्यक्ष भएँ भन्ने हुंकार रहेन । ताली बजाएर नेता घोषित गर्न खोजेकाहरु पनि रोकिएनन् तर, चुनावी प्रक्रियाबाट चोखिनु त पर्यो । यो पार्टी जीवनमा ठूलो अर्थ राख्ने विषय हो । त्यसकारण डा. रावलले हारेर नि जिते ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा