धर्म परिवर्तन गराएको अभियोगमा डोल्पा जिल्ला अदालतले एक पास्चरलाई दुई वर्ष कैद सजाय सुनाएको छ।
मंगलबार न्यायाधीश केशवराज चपाईको एकल इजलासले केशवराज आचार्यलाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको हो।
डोल्पा त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर २ की एक महिलालाई जबर्जस्ती धर्म परिवर्तन गराएको ठहर गर्दै सो सजाय सुनाएको अदालतका वैतनिक वकिल घनश्याम उपाध्यायले जानकारी दिए।
‘दुई वर्ष कैद र २० हजार जरिवाना सुनाएको छ तर यो अन्तिम निर्णय होइन। पुनरावेदन हुनसक्छ,’ उपाध्यायले भने।
पाश्चर आचार्य गत वर्ष चैत ११ गते पोखराबाट पक्राउ परेका थिए। उनले आफ्नो चर्चमा भेला गरी अफवाह फैलाएको आरोपमा पक्राउ परेका थिए।
उनले यशुले कोरोना भाइरस निको पारिदिने भन्दै अफवाह फैलाएका थिए। उनले सो भिडिओ सामाजिक सञ्जालमा समेत हालेका थिए। उनीविरूद्ध उक्त मुद्दा कास्की जिल्ला अदालतमा पनि विचाराधीन अवस्थामा छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।