शनिबार, साउन ३० २०८३
ताजा अपडेट

सचिवमा गोकर्ण विष्टको सबैभन्दा बढी मत, टंक कार्कीको सबैभन्दा कम


  • मंगलबार, मंसिर १४ २०७८
9.2K
SHARES

फाईल तस्बिर

नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना भइरहेको छ।

पदाधिकारीमध्ये सचिव पदमा गोकर्ण विष्ट सबैभन्दा अगाडि छन्। केपी ओलीको सर्वसम्मत सूचीविरूद्ध सचिवमा उम्मेद्वारी दिएका भीम प्रसाद आचार्यले १३०० मत पाउँदा टंकप्रसाद कार्कीले ५०० मत पाएका छन्।

कसले कति मत पाए
योगेश भट्टराई- १९६४
पद्मा अर्याल- १८००
गोकर्ण विष्ट-१९७६
छबिलाल विश्वकर्मा-१८००
टंकप्रसाद कार्की-५००
भीम प्रसाद आचार्य-१३००
रघुबीर महासेठ-१५१३
लेखराज भट्ट-१७०४
टोपबहादुर रायामाझी-१७००

यसअघि उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत पाएर विजयी भएकी छन्। उनले १९७६ मत पाएकी हुन्। यस्तै सुरेन्द्र पाण्डे १९२५, सुवास नेम्बाङ १८६५, विष्णु पौडेल १८५६, युवराज ज्ञवाली १८४२, रामबहादुर थापा बादल १७६८, घनश्याम भुसाल ७२५ मत पाएका छन्। यो सँगै केपी ओलीको सर्वसम्मत सूचीविरूद्ध उपाध्यक्षमा उम्मेद्वारी दिएका घनश्याम भुसाल पराजित भएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा