केपी ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित भएका छन् । चितवनमा जारी महाधिवेशनमा भिम रावललाई हराएका छन् ।
नेकपा एमालेमा केपी शर्मा ओलीले यो दोस्रो पटक अध्यक्ष पद प्राप्त गरेका हुन। उनले प्रतिस्पर्धी भीम रावललाई पराजित गर्दै दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।
एमाले माहाधिवेशनमा खसेको २ हजार ९६ मतमध्ये ९० प्रतिशत मत कटाएको स्रोतको दाबी छ । यसको औपचारिक घोषणा आउन भने बाकि रहेको छ ।
मत गणनामा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले सुरुदेखि ठूलो मतान्तरसहित नै अग्रता लिएका थिए ।
नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार ओलीले १८०८ मत पाएका छन् भने प्रत्यासी भीम रावलले २२३ मतमा सीमित भएका छन् । तर यसको आधारिक घोषणा गरिएको छैन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।