नेकपा एमालेको चितवनमा जारी अधिवेशनमा एमाले अध्यक्ष ओलीले केन्द्रीय सबै नेतृत्व सर्वसम्मत रूपमा चयन गर्ने मनसाय बनाएका थिए ।
अध्यक्षमा पनि स्वयम आफै सर्वसम्मत बन्ने ओलीको रणनीति थियो । तर यो रणनीतिमा बाधक बने उपाध्यक्ष भिम रावल । भिम रावलको तर्क थियो पार्टीलाई विधि पद्धतिमा हिँडाउन लोकतान्त्रिक अभ्यास जरुरी पर्छ टिका लगाएर दिएको पद स्विकार्य हुँदैन ।
नेता रावललाई थाहा थियो चुनाब ओलीले नै जित्ने छन् तर उनको चट्टानि अडान थियो सर्वसम्मत हुँदैन । भयो पनि त्यही अध्यक्षमा रावल र ओली मतदान प्रक्रीयामा गए ।
निर्वाचन नै नगर्ने ओलीको प्रयास भने रावलले विफल पारे । जसका कारण ओलीको सूचीमा नअटाएका कतिपय निर्वाचित भए । यो ओलीले जे भन्यो त्यही मात्र हुन्छ भन्ने धारणामाथिको धक्का हो ।
रावलले जति मत पाउँछन् त्यो ओलीप्रतिको असन्तुष्टिको हुनेछ । यो उनका लागि शक्ति सञ्चयको नयाँ सुरुवात हुनेछ ।
एमालेभित्र ओली पक्षधर भई अवसर नपाएकाहरुलाई रावलले भविष्यमा तान्न सक्छन् । असन्तुष्टहरुलाई विस्तारै समेटेर शक्ति सञ्चय गर्ने उनको रणनीति देखिन्छ ।
विगतमा ओलीले पनि माधव नेपालसँग लामो संघर्ष गरेका थिए । नेपालबाट किनारामा पारिएका ओलीले निकै संघर्ष गरेर शक्ति सञ्चय गरेका थिए । रावल अब त्यही शैलमिा अगाडि बढ्न खोजेका छन् । उनी एमालेभित्र पदाधिकारी र केन्द्रीय सदस्य चयनमा चुनावको वाध्यकारी अवस्था बनाउन सफल भएका छन् । एमालेभित्रको लोकतन्त्रलाई ढल्न नदिन सफल भएका छन् । यसकारण उनले विजेताको शैलीमा चुनावपछि बोले । हार्ने जान्दा जान्दै उम्मेदवारी दिएर नैतिक जित हासिल गरे ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।