सिन्धुलीको कमलामाई नगरपालिका ६ रातमाटा घुम्तिमा रहेको शाह आइरन एण्ड इलेक्ट्रोनिक हार्डवेयर पसलमा आगलागि भएको छ । आगो के कारणले लाग्यो भने खुल्न सकेको छैन साथै आगलागीबाट भएको क्षतिको विवरण पनि आएको छैन ।
विहान करिव ९ वजेवाट हार्डवेयरको गोदामबाट सुरु भएको आगलागी दमकल, नेपाली सेना, प्रहरी र स्थानियको सामुहिक प्रयास भएपनी नियन्त्रण हुन सकेको छैन ।
आगोलागि भएसङ्गै मनिसको वाक्लो उपस्थितीले विपी राजमार्ग पनि अवरुद्ध भएको छ । राजमार्गमा संचालन हुने कुनै पनि यातायातका साधन चल्न सकेको छैन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।