शनिबार, साउन ९ २०८३
ताजा अपडेट

देउवा र पौडेलबाट पार्टी चल्दैन, ‘प्रकाशमान’ आम काँग्रेस कार्यकर्ताको माग हो : श्रीराम लामिछाने


  • मंगलबार, मंसिर १४ २०७८
16.1K
SHARES

फाइल तस्विर

नेपाली काँग्रेसका युवा नेता श्रीराम लामिछानेले काँग्रेसको आसन्न महाधिवेशनमा वर्तमान पार्टी सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको विकल्प आम काँग्रेस कार्यकर्ताले तत्काल महाधिवेशनबाट खोजेको दाबी गरेका छन् ।

दुवै नेताबाट काँग्रेसले गति लिन नसक्ने बताएका छन् । अहिलेको  कार्यकर्ताको माग प्रकाशमान रहेको बताउदै आशन्न महाधिवेशनबाट पुर्ब महामन्त्री प्रकाशमान सिंह सभापति बन्ने ठोकुवा समेत गरेका छन् । उनी भन्छन् प्रकाशमान सिंह सबै हिसाबले स्वभाबिक पार्टी सभापतिको उम्मेदवार हो यो भनिरहनै पर्दैन ।

नेता प्रकाशमान सिंह निकट मानिने लामिछानेले आसन्न महाधिवेशनमा काठमाण्डौँ क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि जितेका हुन ।

केटीएम खबर कर्मी सँग कुरा गर्दै उनले आसन्न महाधिवेशनमा प्रकाशमान सिंहले सभापतिको उम्मेदवार घोषणा गरी सकेको अवस्थामा आम जनताको भावना देउवा र पौडेलले बुझ्नु पर्ने बताएका छन् ।

पौडेल र सभापति देउवाले देश र जनता प्रति गरेको योगदानको मुल्यांकन जनताले गर्ने तर अहिलेको अवस्थामा अभिभावक बनेर बस्नुपर्ने बताएका छन् ।

लामिछानेको दाबी छ आसन्न महाधिवेशनमा प्रकाशमान नै आम कार्यकर्ताको माग हो ।

कोइराला परिवारको पनि सभापतिमा दाबी छ भन्ने प्रश्नमा उनी भन्छन् कोइराला परिवारको दाबी स्वभाबिक हो । देश र जनताका लागी कोइराला परिवारको भूमिका अतुलनीय छ ।

तर यो महाधिवेशनमा कोइराला परिवारले पनि पूर्व महामन्त्री सिंहलाई समर्थन गर्नु पर्छ । काँग्रेस पार्टी र जनताका लागि गणेशमानजीको परिवारले गरेको त्याग तपस्या र योगदानको कुरा कोइराला परिवार लगायत सबैले बुझ्नु पर्छ  ।

अघिल्लो महाधिवेशनमा प्रकाशमान सिंहले रामचन्द्र पौडेल र शशाङ्क कोइरालालाई सघाएको स्मरण गर्दै आसन्न अधिवेशनमा नेता सिंहलाई सबैले सहयोग गर्ने समेत बताएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा