नेकपा एमालेको १०औं महाधिवेशन अन्तर्गत आज राति ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ।
केन्द्रीय निर्वाचन अध्यक्ष विजय सुब्बाका अनुसार ११ बजे अन्तिम नामावली प्रकाशन गरेर राति २ बजेबाट मतदान सुरु हुने छ ।
उनले भोलि मतपरिणाम सार्वजनिक गरेर काठमाडौँ फर्किने जानकारी दिएका छन् ।
यसअघि ९ बजे रातिबाट मतदान सुरु हुने भनिए पनि केन्द्रीय सदस्यहरुमा सर्वसम्मतको प्रयास भइरहेकाले मतदानको समय सारिएको नेताहरुले बताएका छन् । सुदूरपश्चिम प्रदेशको खुल्ला सदस्यका तीनजना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि केन्द्रीय सदस्य सर्वसम्मत भएका छन् । अन्य प्रदेशहरुमा पनि सहमतिको प्रयास भइरहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।