शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

ओलीलाइ करोडौँको गाडीमा झापा घुमाको काम लागेन, केन्द्रिय समितीको लिष्टमा दुर्गा प्रसाइ अटाएनन्


  • सोमबार, मंसिर १३ २०७८
12K
SHARES

फाइल तस्विर

व्यवसायी तथा नेकपा एमालेका नेता दुर्गा प्रसाई सौराहमा जारी १० औं महाधिवेशनको बन्दसत्र स्थलबाट निराश हुँदै बाहिरिएका छन् । केन्द्रीय सदस्यको नाम लिस्टमा नअटाएपछि प्रसाईँ निराश भएका हुन् ।

बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले आफूले तयार पारेको केन्द्रीय कमिटीको सूची पढेर सुनाएका थिए। उक्त सूचीमा प्रसाईको नाम थिएन।

आफ्नो नाम नआएपछि प्रसाई बैठकस्थलबाट बाहिरिएका हुन्। बैठकस्थलबाट बाहिरिएपछि उनले संचारकर्मीसँग प्रतिक्रिया दिँदै भने, ‘यस्तै हुन्छ। त्यसैले चुनाव गरौ चुनाव गरौ भनेको।

आइतवार प्रसाईले बन्दसत्र स्थलमा दिएको अन्तर्वार्ता सामाजिक संजालमा भाइरल भएको थियो। भिडियोमा प्रसाईले बन्दसत्रमा आएर कार्ड भिरेर बस्ने बाहेक अरु केही काम नभएको र निर्वाचन हुनुपर्ने बताएका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा