शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

सर्वसम्मत अध्यक्ष बन्ने ओलीको सनकमा रावलको चट्टानी अडान, गरी छाडे अध्यक्षमा उम्मेदवारी दर्ता !


  • सोमबार, मंसिर १३ २०७८
10K
SHARES

फाईल तस्बिर

चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेशनमा भीम रावलले अध्यक्षका लागि उम्मेदवारी दर्ता गरेका छन्।

नेकपा एमालेको आसन्न अधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी ओलीको एक पटक पुन सर्वसम्मत अध्यक्ष बन्ने चाहाना थियो ।  तर उपाध्यक्ष भिम रावलले उनको चाहानालाई पूर्णविराम लगाइदिएका छन् । अध्यक्षमा रावलले उम्मेदवारी दर्ता गराए सँगै अध्यक्षका लागि चुनाव हुने भएको हो । रावलले ओलीलाई हराउन सक्ने सम्भावना निकै कम भए पनि उनको अडानको सर्वत्र प्रशंसा भएको छ ।

सोमबार बिहान ८ बजेबाट सुरू भएको मनोनयमा रावलले पार्टीको आगामी नेतृत्वका लागि आफ्नो उम्मदेवारी दर्ता गराएका हुन्। रावलको प्रस्तावकमा महादेव बजगाईँ, समर्थकमा दूधकला विष्ट छन्।

केन्द्रीय निर्वाचन समितिले उम्मेद्‍वारी दर्ताको समय बिहान साढे ९ बजेसम्म तोकेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा