नेपाली कांग्रेस काठमाण्डौको सभापतिमा सबुज बानिया निर्वाचित भएका छन। नेता प्रकाशमान सिंह निकट मानिने बानिया काठमाडौँ काँग्रेसमा दोहोरिएका हुन । अहिलेको अधिवेशनमा गगन थापाको समेत समर्थनमा सभापति निर्वाचित भएका छन् ।
त्यस्तै उपसभापतिमा राज कुमार नकर्मी र गोकर्ण केसी निर्वाचित भएका छन भने सचिवमा इन्द्र बहादुर थापा र गोविन्द पुडासैनी निर्वाचित भएका छन ।
त्यस्तै नेपाली कांग्रेस काठमाण्डौको सह सचिवमा रोमेल श्रेष्ठ र अमिता प्रधान निर्वाचित भएका छन ।
प्रतिस्पर्धी उपेन्द्र कार्कीलाई ८६८ मतले हराउँदै बानियाँ जिल्ला सभापति निर्वाचित भएका छन् । बानियाँले १९५७ र कार्कीले १०८९ मत पाएका छन् ।
बानियाँलाई प्रकाशमान सिंह र गगन थापा पक्षले समर्थन गरेका थिए । यस्तै कार्कीलाई शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्षको समर्थन थियो । उनीहरु प्यानलसहित प्रतिस्पर्धामा होमिएका थिए । निर्वाचनमा बानियाँ नेतृत्वको प्यानल नै विजयी भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।