शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

उपाध्यक्ष रावलले अध्यक्षमा लड्छु भन्दा लखेट्ने,थर्काउने तर्साउने यही हो ओलीको जनवाद ? : रावल निकट कार्यकर्ताको आक्रोश


  • आइतबार, मंसिर १२ २०७८
13K
SHARES

फाइल तस्विर

नेकपा एमालेको आसन्न चितवनमा जारी महाधिवेशनमा एमाले उपाध्यक्ष भीम रावलले अध्यक्षमा उठ्ने घोषणा गरे सँगै सर्वसम्मत अध्यक्ष बन्ने दाउमा रहेका केपी ओलीलाई सकस परेको छ ।

ओलीको समर्थनमा ओलीका कर्यकर्ताले उपाध्यक्ष भीम रावल विरुद्धमा नाराबाजी गरेका छन् । नाराबाजी गरे सँगै रावल निकट कार्यकर्ता आक्रोशित बनेका छन् ।

उपाध्यक्ष रावल निकट कार्यकर्ता हरु आक्रोशित हुँदै अध्यक्षमा लड्छु भन्दा लखेट्ने,थर्काउने तर्साउने ओलीको यही हो जनवाद भन्दै ओली उपर खनिएका छन् ।

एमाले उपाध्यक्ष रावलले कुनै पनि कष्टमा अध्यक्ष लड्ने र एक मत आए पनि आफूलाई स्वीकार हुने बताई सकेकाछन् । तर अध्यक्ष ओली सर्वसम्मत आफू अध्यक्ष बनेर पार्टीमा आफ्नो पकड रहेको म्यासेज दिन चाहन्छन् ।

आफू सर्वसम्मत अध्यक्ष बन्ने ओलीको रणनीति बुझेका ओली निकट कार्यकर्ताहरूले उपाध्यक्ष रावल विरुद्ध नारा लगाएका हुन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा