शनिबार, साउन ३० २०८३
ताजा अपडेट

टीका लगाएर बाँड्ने कुनै पद मलाई स्वीकार्य छैन, १ मत आओस् तर म अध्यक्षमा भिड्छु : रावल


  • आइतबार, मंसिर १२ २०७८
11.2K
SHARES

फाइल तस्विर

नेकपा एमाले १० औँ महाधिवेशनमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिष्पर्धामा उत्रन लागेका उपाध्यक्ष भीम रावलले टीका लगाएर पाउने कुनै पनि पद स्वीकार्य नहुने बताएका छन् ।

“महाधिवेशनका नाममा टीका लगाएर बाँड्ने कुनै पनि पद मलाई स्वीकार्य छैन,” रावलले भने, “म अध्यक्षको उमेदवार बन्छु, एक भोट मात्र आउँछ भने पनि प्रतिस्पर्धामा भाग लिन्छु ।” रावलले ओलीले आफूलाई छलफल गर्न प्रस्ताव समेत नआएको बताएका छन् । तर,ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि नेताहरूसँग छलफल जारी राखेका छन् ।

अहिले रावल आफू अध्यक्षमा बढी मत ल्याउनका लागि खटिरहेका छन् । अध्यक्ष ओलीले प्रतिस्पर्धाले पार्टी कमजोर हुने भन्दै सर्वसम्मत रूपमा नेताहरूलाई पदको भागबन्डा मिलाउने जिम्मा लिएपछि रावल र घनश्याम भुसाल असन्तुष्ट बनेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा