शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

रहेनन् शिक्षाकर्मी मोहन राज राई


  • आइतबार, मंसिर १२ २०७८
11K
SHARES

१२ मंसिर, काठमाडौँ । शिक्षाकर्मी मोहन राज राईको निधन भएको छ ।

आइतबार बिहान ३ बजे होम अस्पतालमा उपचारको क्रममा राईको निधन भएको परिवार श्रोतले बताएको छ ।

राई १ दशकभन्दा बढी विभिन्न शिक्षण संस्था हुँदै केही वर्ष अघि जिपी कोइराला मेमोरियल क्याम्पसका निमित्त क्याम्पस प्रमुख भएर समेत काम गरिसकेका थिए ।

जिपी कलेजमा रहँदै डेढ वर्ष अघि आन्द्राको क्यान्सर भएको पत्ता भएपछि बिदामा बसेर उपचार गराइरहेका थिए । उपचारका लागि भारतमा पनि पुर्‍याइएको थियो ।

केही सुधार भए पनि केही दिन अगाडी अकस्मात् स्वास्थ्यमा समस्या आए पछि ओम अस्पताल भर्ना गराइएको थियो ।

चाबहिल स्थित ओम अस्पतालमा उपचार कै क्रममा आइतबार बिहान निधन भएको जनाइएको छ ।

आइतबार ओम अस्पताल प्रांगणमा श्रद्धाञ्जलीका लागि केही समय पार्थिव शरिरलाई राखिएको थियो । श्रद्धाञ्जली दिन विभिन्न स्कूलका प्रिन्सिपल, विभिन्न कलेजबाट क्याम्पस प्रमुख एवं जिपी कोइराला मेमोरियल क्याम्पसका निमित्त क्याम्पस प्रमुख शिव अधिकारी एवं क्याम्पसका प्राध्यापकहरुको उपस्थिति रहेको थियो ।

अन्त्येष्टिका लागि पार्थिव शरिरलाई आइतबार नै गृह जिल्ला ओखलढुंगा अन्त्येष्टि गरिने जनाइएको छ ।

४३ वर्षीय राईको १ छोरा र श्रीमती छिन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा