१२ मंसिर, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) बूढानीलकण्ठ नगर कमिटीको अध्यक्षमा भाइनारायण श्रेष्ठ निर्वाचित भएका छन् । शनिवार भएको तेस्रो नगर भेलाले पार्टीका प्रतिनिधि मार्फत श्रेष्ठको नेतृत्वमा पदाधिकारी चयन गरिएको हो ।

चुनिखेल स्थित सार पार्टी प्यालेसमा गरिएको नगर सम्मेलनले श्रेष्ठ नेतृत्वको ६५ सदस्यीय नगर कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ ।
नगर कमिटीका अध्यक्ष रविन अधिकारीको अध्यक्षतामा भएको उक्त तेस्रो नगर भेला कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश इन्चार्ज हितमान शाक्य रहेका थिए । यस्तै नगर भेलामा जिल्ला समन्वय समिति काठमाडौँका संयोजक हिमाल शर्मा, बूढानीलकण्ठ नगरपालिकाका वडा कमिटी पदाधिकारी लगायत माओवादी केन्द्रसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
शनिवार नै निर्वाचित पदाधिकारीलाई कार्यक्रमका प्रमुख अतिथिले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
निर्वाचित पदाधिकारीको कार्यकाल २ वर्षको रहने जनाइएको छ ।
नव निर्वाचित पदाधिकारी निम्न छन्:
अध्यक्ष: भाइनारायण श्रेष्ठ
उपाध्यक्ष: कमला गौतम
उपाध्यक्ष: सुवास राई
उपाध्यक्ष: शिव बजगाईँ
सचिव: टिका नगरकोटी
कोषाध्यक्ष: हेमा अधिकारी
सहसचिव: महेन्द्र सुनार
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।