शनिबार, साउन ९ २०८३
ताजा अपडेट

चार नेताले ओलीलाई बुझाएर ३०१ केन्द्रीय सदस्यको सूची


  • आइतबार, मंसिर १२ २०७८
11.5K
SHARES

फाइल तस्विर

नेकपा एमालेको चितवनमा जारी १० औँ महाधिवेशनका क्रममा निर्वाचित हुने ३०१ जना केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओली निकट ४ जना नेताहरुले अध्यक्ष ओलीलाई बुझाएका छन् ।

शनिबार बन्दसत्रले केन्द्रीय सदस्य छान्ने अधिकार ओलीलाई दिएको थियो । ओलीले गृहकार्य गरेर सूची तयार पार्न आफू निकट ४ जना नेताहरुलाई जिम्मा दिएका थिए ।

विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई केन्द्रीय सदस्यहरुको सूची बनाउने जिम्मेवारी दिएका थिए । उनीहरुले ओलीलाई सूची बुझाएका छन् । उनीहरुले पदाधिकारी र सदस्यको सूची बनाएर ओलीलाई बुझाएका हुन्।

ओलीले सो सूचीलाई अन्तिम रुप दिएपछि बन्दसत्रमा पेश गर्ने जनाइएको छ । बन्दसत्र अहिलेसम्म सुरु हुन सकेको छैन । अब ओलीले अन्तिम रुप दिने र बन्दसत्रमा प्रस्तुत हुने बताइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा