शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

एमाले राणा शासनभन्दा पनि निरंकुश, भीम रावलको पर्चा बाँड्न लाग्दा गलत्याएर बाहिर !


  • आइतबार, मंसिर १२ २०७८
11K
SHARES

फाईल तस्बिर

एमाले अध्यक्षमा उम्मेदवार घोषणा गरेका भीम रावलको पक्षमा भोट माग्दै गर्दा स्वयंसेवकहरूबाट बन्द सत्रको मूल गेटभन्दा बाहिर पठाइएका भिम रावलका कार्यकर्ताले एमाले निरङ्कुश भएको भन्दै आक्रोश पोखेका छन् ।

केपी ओली विरुद्ध अध्यक्षको उम्मेदवारी घोषणा गरेका भिम रावलका कार्यकर्तालाई ओली समर्थक क्रयकर्ताले पर्चा बाँड्न नदिए पछि रावल निकट कार्यकर्ता रुष्ट बनेका छन् । आफूलाई लोकतान्त्रीक अभ्यासबाट नेतृत्व छान्छु भन्ने केपी ओली तानासाही शैलीमा उत्रेको रावल निकट कार्यकर्ताको आरोप छ ।

बन्दसत्रको मूल गेटभन्दा बाहिर पठाइएका एक कार्यकर्ता योगेश बमले एमाले निरंकुश बन्न खोजेको गुनासो गरेका छन् । योगेश बमले भने, ‘हामी त कम्युनिष्टमा बोल्न पाइन्छ, विरोध गर्न पाइन्छ भनेर कम्युनिष्ट बनेर आएको हो । तर यहाँ कम्युनिष्टभित्र पनि राणा शासनभन्दा पनि निरंकुश शासन छ ।

आफूहरु लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्न चितवन महाधिवेशनमा आएको बताउँदै उनले भने, ‘देशभरबाट प्रतिनिधिहरु आएका छन् खर्च भएको छ । हामीलाई यहाँ तमासा हेर्न बोलाएको हो ? आज चुनावको दिन हो, चुनाव गराउनु पर्यो नि ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा