बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

सहमतिमा कार्यसमिति घोषणा गर्न ओली छलफलमा, बन्दसत्र छोटो हुने


  • आइतबार, मंसिर १२ २०७८
10.8K
SHARES

फाइल तस्विर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पदाधिकारीसहित १० औं महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय कमिटी सहमतिमै टुंग्याउन छलफल थालेका छन् । उनले पार्टीका शीर्ष नेताहरुलाई आइतबार आफू बसेकै होटलमा बोलाएर छलफल गरिरहेका छन् ।

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार अध्यक्ष ओलीले अध्यक्ष पदका दाबेदार तथा निर्वाचनबाटै नेतृत्व चयन गर्नुपर्ने पक्षमा रहेका नेता भीम रावलसँग पनि वार्ता गर्ने भएका छन् । केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम घोषणा नगरे पनि रावलले आफ्नो उम्मेदवारीका सम्बन्धमा प्रचार प्रसार गर्दै आएका छन् ।

तामाङका अनुसार पदाधिकारी तथा केन्द्रीय सदस्यहरुबारे सहमति जुटाएर आइतबार छोटो बन्दसत्र कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ । बन्दसत्र करिब आधा घण्टामात्रै हुनेगरी तयारी भएको उनले बताए ।

आइतबार बन्दसत्रले ओलीलाई नै पदाधिकारी र केन्द्रीय सदस्यको प्रस्ताव गर्ने जिम्मेवारी दिएको थियो । तर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका रावलले निर्वाचन हुनुपर्ने भन्दै आफ्नो पक्षमा प्रचार प्रसार थालेपछि निर्वाचन हुने कि हुने भन्नेमा अन्योल बढेको छ ।

अध्यक्ष ओलीले रावलसहित विभिन्न पदका आकांक्षीहरुलाई बोलाएर छलफल गरी सहमतिमा नेतृत्व चयनको प्रयास थालेका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा