शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

ओलीको तानासाही पन देखियो, भिम रावलको पर्चा बाँड्नेहरूलाई एमाले स्वयंसेवकले बाहिर निकाले !


  • आइतबार, मंसिर १२ २०७८
12K
SHARES

फाईल तस्बिर

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका केही प्रतिनिधिहरूलाई भीम रावलको पर्चा वितरण गरिएको छ । पर्चा बाँड्दै मूल गेटसम्मै पुगेका रावल पक्षका कार्यकर्ताहरुलाई एमाले स्वयंसेवकहरुले यहाँ पर्चा बाँड्न पाइँदैन भन्दै बाहिर पठाइदिएका हुन् ।

नेकपा एमालेको चितवनमा जारी महाधिवेशनमा उपाध्यक्ष भिम रावलले अध्यक्षको उम्मेदवारी घोषणा गरे सँगै सर्वसम्मत अध्यक्ष बन्ने ओलीको चाहानामा तुसारापात भएको छ ।

रावलले आफ्नो अध्यक्षमा उम्मेदवारी दिनु पर्ने कारण सहितको पर्चा महाधिवेशन स्थलमा बाँड्दा रावल निकट कार्यकर्ताहरूलाई पर्चा बाँड्न पाइँदैन भन्दै निकालिएको खबर सार्बजानिक भएका छन् । रावल निकट कार्यकर्ताहरू पनि अध्यक्ष ओलीका कार्यकर्ताको तानासाही प्रबृती भयो भन्दै आक्रोश पोखेका छन् ।

बन्दसत्रको हलभित्र प्रवेश गर्न लामबद्ध भएकाहरुलाई रावलका कार्यकर्ताहरुले पर्चा वितरण गरेका थिए । ‘मेरो उम्मेदवारी किन’ लेखिएको भीम रावलको पर्चामा रावलले अध्यक्षमा उम्मेदवारी दिनुपर्नाका कारणबारे उल्लेख छ ।

पर्चा हातमा लिइसकेका प्रतिनिधिहरूलाई पनि स्वयंसेवकहरुले बाहिर ननिकाल्न र खल्ती वा झोलामा राख्न आग्रह गर्दै हलभित्र छिराएका छन् ।

आजको बन्दसत्रले केपी शर्मा ओलीलाई सर्वसम्मत अध्यक्ष चयन गर्ने तयारी छ । तर रावलले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा