आफूलाई मुकुन्दल्याण्डको प्रवर्तन र दार्शनिक बताउदै आएका मुकुन्द घिमिरे (मुकुन्दे)ले इन्गेजमेन्ट गरेका छन् । रत्नपार्कमा मनमौजी भाषण गरेर उदाएका मुकुन्दे सामाजिक सञ्जालमा भाइरल छन् । विभिन्न नेता तथा राजनीतिक पार्टीका विषयमा टिप्पणी गर्ने मुकुन्दे आफूलाई मुकुन्द ल्यान्डको प्रवर्तक र दार्शनिक भएको बताउँछन् ।
केहि वर्ष देखि उनले आफ्नो चाहाना इन्दिरा नामक युवतिसंग विवाह गर्ने बताउदै आएका थिए । ठ्याकै आज उनले सामाजिक सञ्जालमा तस्बिर अपलोड गर्दै आफुले इन्दिया सँग्रौलासंग इन्गेजमेन्ट गरेको जानकारी गराएका छन् ।
कुनै बेला रत्नपार्कको पिपलको रुखमा चढेर भाषण गरेर चर्चामा आएका उनी अचेल सामाजिक सञ्जालमा सक्रिय र परिचित रहेका छन् । आम मानिस भन्दा आफू फरक व्यक्ति रहेको बताउने मुकुन्देले समृद्ध नेपाल बनाउने परिकल्पनाहरू सार्वजनिक गर्दै आएका छन् । उनले नेपालको पहाडमा रेल चलाउने, तराईमा हेलिकोप्टरबाट मल बिउ छर्ने समृद्ध नेपाल मुकुन्दल्याण्ड बनाउने बिचार प्रकट गर्दै आएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।