एमाले नेता भीम रावलले आफूले उम्मेदवारी फिर्ता नलिने बताएका छन् । चितवनमा शुक्रबार साँझ सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले आफूले फिर्ता लिनका लागि अध्यक्षमा उम्मेदवारी घोषणा नगरेको बताए ।
“मलाई दबावले केही पनि काम गर्दैन । म बहुदलीय जनवाद मान्ने मान्छे हुँ,” उनले भने । उनले आफूले नेताहरूसँग छलफल गरेरै उम्मेदवारी घोषणा गरेको बताए ।
उनले उम्मेदवारी घोषणा गरिसकेपछि पार्टी अध्यक्ष केपी ओलीसँग भेट नभएको पनि बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।