देशै भरिका एमाले कार्यकर्ता अहिले चितवनमा खनिएका छन् । एमालेको महाधिवेशनमा सहभागी हुन चितवन पुगेका एमाले कार्यकर्ताहरूलाई ब्यापारीहरुले केपी ओली अङ्कित मास्क र टोपी बेचेका छन् । स्थानीय व्यापारीहरुले ओली अङ्कित क्याप र मास्क बेचेका हुन् ।
महाधिवेशन अङ्कित क्याप २०० रुपैयाँमा बिक्री गरिरहेका छन् भने पाँच रुपैयाँ पर्ने मास्क ५० रुपैयाँमा बेचिरहेका खबरहरू सार्वजनिक भएका छन् ।
एमाले महाधिवेशन आगामि दश गते सम्म चल्ने छ । सो अवधिभर व्यापारीहरूले मनग्य आम्दानी गर्न सक्ने जनकारहरूले बताएका छन् । तर बेपारीले ठगेको समेत केहीले बताएका छन् पाँच पर्ने मास्क ५० लिन नहुने समेत भनेका छन् ।
यस अघि विधान महाधिवेशनमा पानीको बोटलमा छाएका ओली १०औँ महाधिवेशनमा मास्क र टोपीमा छाएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।