नेपाली काँग्रेसका युवा नेता श्रीराम लामिछानेले काँग्रेसको आसन्न महाधिवेशनमा वर्तमान पार्टी सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको विकल्प जनताले खोजेको बताएका छन् ।
कांग्रेस राजनीतिलाई राम्रो सँग बुझ्ने, विद्यार्थी राजनीतिबाट उदाएका नेता लामिछानेले केटिएम खबर कर्मी सँग कुरा गर्दै आसन्न महाधिवेशनमा प्रकाशमान सिंह पार्टी सभापति बन्ने ठोकुवा समेत गर्छन । उनि भन्छन अग्रज नेताहरुले जनता र कार्यकर्ताको भावना बुझ्नु पर्छ।
पार्टीका अग्रज नेता देउवा र पौडेलले गरेका कामको जनताले उच्च मूल्याङ्कन गरेको छ । तर अहिले पार्टीको नेत्रीत्व उहाहरुमा सिमित नहोस भन्ने जनभावना रहेको अग्रज नेताहरुले बुझ्नु पर्छ । उहाहरुले पार्टीलाई गति दिँदै यहाँ सम्म ल्याउनु भयो अबका दिनमा उहाहरुले अभिभावक भूमिका निर्वाह गर्नु पर्छ।
कांग्रेस पार्टीलाई बलियो र जनताको भावना बुझ्न सक्ने बनाउनका लागि नेता प्रकाशमानले सभापतिको दाबी गरी सकेको बताउँदै आसन्न महाधिवेशनमा प्रकाशमान सिंह सभापतिबाट पछि नहट्ने समेत बताएका छन् ।
उनी अझ थप्दै भन्छन् । प्रकाशमान सिंह गणेशमान सिंहको छोरा हो । तर सडक देखि सदन सम्म पार्टी र जनताका लागि लडेको नेता भएका कारण यो महाधिवेशनमा प्रकाशमान सिंह सभापति बन्नु हुन्छ ।
आसन्न महाधिवेशन काठमाण्डौ क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका नेता लामिछाने प्रकाशमान सिंह निकट मानिन्छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।