शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

मेरा खुट्टा तान्नेहरू अहिले प्रधानमन्त्री देउवाका खुट्टा समाइरहेका छन्: ओली


  • शुक्रबार, मंसिर १० २०७८
11K
SHARES

फाइल तस्विर

नेकपा (एमाले) का अध्यक्ष एवं केपी शर्मा ओलीले आफूलाई  अप्ठेरो पार्नेहरूले अहिले प्रधानमन्त्री शेरबहादुर देउवाका खुट्टा समाइरहेको बताएका छन्।

नारायणी किनारमा शुक्रबार एमालेको दसौं महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै ओलीले अहिलेको सरकारबारे आफूले धेरै भन्न नचाहेको बताए।

प्रधानमन्त्री देउवा र अध्यक्ष ओली चार महिनापछि आज एउटै मञ्चमा देखिएका थिए। पार्टी महाधिवेशनमा अतिथि भएर आएका देउवालाई  मञ्चमा राखेर सरकारबारे टिप्पणी गर्न बान्छनीय नहुने उनले बताए।

‘देउवाजी पनि काम गर्न चाहनुहुन्थ्यो होला तर सकिरहनु भएको छैन। उहाँलाई पनि गाह्रै छ,’ ओलीले भने,‘हिजो मलाई अप्ठेरो पार्नेहरू, मेरा खुट्टा तान्नेहरू आज उहाँको खुट्टा समाइरहेका छन्। ’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा