प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओली एकै समयमा मञ्चमा उक्लिएका छन्।
मञ्चमा जाँदा आयोजकले प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीलाई माला लगाइदिएका थिए।
प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली झन्डै पाँच महिनापछि पहिलो पटक एकै मञ्चमा सँगै देखिएका हुन्।
यसअघि गत असार २९ गते देउवा संसदबाट प्रधानमन्त्री निर्वाचित भएपछि देउवालाई ओलीले बधाई दिएका थिए। त्यसपछि यी दुई नेताहरूको भेट भएको थिएन।
प्रतिनिधि सभामा एमालेको अवरोध हटाउन प्रधानमन्त्री देउवाले भेट्न चाहे पनि ओलीसँग उनको भेट हुन सकेको थिएन। देउवाले ओलीलाई आफ्नो सन्देश पुर्याउन तत्कालीन कानुन मन्त्री ज्ञानेन्द्र कार्कीलाई ओली निवास बालकोट पठाएका थिए।
ओलीले देउवाको सरकार सर्वोच्चको परमादेशबाट बनेको आरोप लगाउँदै आएका छन्। काठमाडौंमा पाँच महिनासम्म भेट हुन नसकेका नेताहरू शुक्रबार एमाले महाधिवेशनको अवसरमा भेट भएका हुन्।
एमाले महाधिवेशनमा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गएनन् भने एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई एमालेले निम्तो नै दिएको थिएन।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।