शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

न्यायालय, कार्यपालिका र संसद्मा भएको अराजकताको जिम्मा राजनीतिक पार्टीले लिनुपर्छ : चित्रबहादुर केसी


  • शुक्रबार, मंसिर १० २०७८
7.6K
SHARES

फाईल तस्बिर

राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामा भएको विसङ्गतिको जिम्मा राजनीतिक पार्टीहरूले लिनुपर्ने बताए । बिहीबार चितवनको भरतपुरमा एमाले महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना सन्देश दिँदै अध्यक्ष केसीले त्यसमा राजनीतिक दलको भूमिका रहेको उल्लेख गरे ।

उनले नेपालमा गणतन्त्र धर्मनिरपेक्षता ल्याएको बताउँदै जसरी देश अगाडि बढ्नुपर्थ्यो त्यो नभएको बताए । उनले भने–‘हामीले नेपालमा गणतन्त्र ल्यायौँ, धर्मनिरपेक्षता स्थापना ग¥यौँ, हामी पटक पटक चुनावमा पनि गयौँ । अहिले मुलुक जसरी अगाडि बढ्नुपर्ने थियो त्यसरी गइरहेको छैन । संसद् अस्तव्यस्त छ । कार्यपालिका भित्र पनि राम्रो वातावरण छैन । न्यायपालिका भित्र पनि राम्रो स्थिति छैन  निराशा छ । उही मैले भनेजस्तै वारीकाले पारीकालाई कालीपारी र पारीकाले वारीकालाई कालीपारी भनेजस्तै राजनीतिक पार्टीहरू एउटाले अर्कोलाई दोष लगाइरहेका छौँ । यो हाम्रो कारणले भएको हो भनेर हामी राजनीतिक पार्टीहरूले जिम्मा लिन सक्नुपर्छ ।

अहिले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाभित्र भएको अस्तव्यस्तताको जिम्मा लिन आग्रह गर्दै देशमा भइरहेको अराजकता जनतामा रहेको नैरश्यताको कारण राजनीतिक दल भएको बताए ।

उनले भने–‘हामी राजनीतिक गर्ने व्यक्तिहरू नसुध्रीकन देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई अगाडि राखेर राज्य र जनताको स्वार्थलाई अगाडि राखेर हामीले राजनीति गरेनौँ, राजनीतिलाई विशुद्ध पेसाको रूपमा अपनायौँ भने नेपाली जनताले यस्तो अप्ठेरो अवस्था देखिरहन्छन् । हामीले बाह्य शक्तिलाई दोष लगाउँछौँ । बाह्य शक्ति त खेल्छ त हामीले लडाई गर्नुपर्ने, हामीले एकले अर्कोलाई खुइलाउनुपर्ने, बदनाम गर्नुपर्ने, बाहिरकाले त्यही खोजिरहेका छन् ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा