पार्टीका महाधिवेशनदेखि दलहरुबीचको चुनावी दौडमा खर्चको प्रतिस्पर्धा नै चलेको छ । पाँच लाख नेता कार्यकर्ता चितवन उतार्ने पूर्व उद्घोषसहित नेकपा एमालेले मंसिर १० मा १०औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दैछ ।
नेपालभर भएका सवारी साधनले बोक्न सक्ने जति मानिस चितवन आउने उद्घोष अध्यक्ष ओलीले मंगलबार नै गरेका छन् ।जसका लागि कति खर्च लाग्ला ?सोच्न सकिन्छ तर गन्न सकिने अवस्था छैन । ५० लाखभन्दा धेरै खर्चिएर त एकदिनका लागि एमालेले दुई तले मञ्च निर्माण गरेको छ ।
एकदिनको यो खर्चले एउटा गाउँमा विद्यालय निर्माण हुनसक्छ, विकटमा अस्पताल बन्न सक्छ । साजसजावटमा करोड बढीको खर्चछ । सेल्फी खिच्नकै लागि २५ स्थानमा करिब १५ लाख बराबरको सेल्फी पोइन्ट निर्माण गरिएको छ ।सौराह जस्तो सुविधासम्पन्न र महंगो स्थानका तीन हजार पाँच सय होटलका कोठाहरु बुक भएका छन् ।जसको स्रोत के हो र कम्युनिष्ट पार्टीबाटै अनुत्पादक हुने गरि किन अपारदर्शी खर्च गरिएको छ प्रश्न गम्भीर छ ।
एमालेले महाधिवेशनमा हुने खर्चको स्रोतकार्यकर्ताबाट उठेको एक सय रुपैयाँलाई भनेको छ । हाल एमालेमा आठ लाख ५५ हजार संगठित सदस्य छन् ।हरेकबाट एकसय चन्दा संकलन गर्दा साढे आठ करोडको हाराहारीमा संकलन हुन्छ । तरमहाधिवेशनमा गरिरहेको तामझाम हेर्दा अर्बाैले नभ्याउने खालको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।