बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

किन राखिन्छ मन्दिरमा कामुक यौन उत्तेजना भएका चित्र ? यसको पछाडिको रहस्य के हो ?


  • शुक्रबार, मंसिर १० २०७८
18.8K
SHARES

फाइल तस्विर

पशुपतिनाथ तथा हनुमान ढोका, पाटन, भक्तपरका विभिन्न ऐतिहासिक मन्दिरहरुमा यौनासनाका कलात्मक मुर्ति मन्दीरमा कुदेर राखिएको हुन्छ । धेरैलाई आश्चार्य र कौतुहलतामा राखेका यस्ता मुर्तिहरुको विषेशता भने भिन्दै भएको पाइन्छ।

यौन मानव जीवनको अपरिहार्य र सृष्टिनिर्माणको मुलभुत आधार भएपनि हाम्रो समाजले यसलाई गोपनीयता मै राख्न रुचाउँछ। आधुनिक समाज खुल्न नसकेको यौनका कुरामा प्राचीन समयका मन्दिरहरुका भित्तामा कुदिँएको देख्न पाइन्छ।

मन्दिरको टुँडालका तीन भाग छुट्याएर कामुक आशनका मुर्तिहरु कुदिँएको पाइन्छन। मन्दिरको माथिल्लो भागमा रुख र फूलहरु, दोश्रो भागमा देवताका एकल वा जोडीसहितका तस्वीर र तेस्रो भागमा भने गन्र्धभ, यक्ष, रतिक्रिडा, मानिसका रुप तथा जनावरका मुर्ति कुदिँएको पाइन्छ। संस्कृतिविद् तथा इतिहासविद्का अनुसार यस्ता पुरातात्विक मन्दिरहरुमा कुदिँएका यौन आसनका केही अध्यात्मिक, तान्त्रिक र वैज्ञानिक कारण रहेका छन्।

पौराणिक कालमा आधुनिक प्रविधिको नभएका कारण यस्ता कामुक आसनहरु टुँडालमा कुँद्दा चट्याङ् लगाएत प्राकृतिक विपतिबाट मन्दिरलाई जोगाउछ भन्ने मान्यता थियो।

संस्कृतिविद् डाक्टर जगमान गुरुङले यस्ता प्रदर्शन झट्ट हेर्दा अश्लिल जस्तो देखीए पनि यो भित्रि तत्व ज्ञान भएको बताए। उनले भने, ‘प्रकृति भनेको स्त्री तत्व हो। महिला र पुरुष को संभोगबाट सृष्टि निमार्ण हुन्छ। यो सिद्धान्तलाई प्रदर्शन गर्नका लागी यस्ता कलात्मक आकृति निर्माण गरिएको हो।’ यस्ता आसनहरुले मानिसलाई यौन चासो बढाउने र यौन प्रतिको संकोचन हट्ने डाक्टर गुरुङको म भनाइ छ।

यस्तै, संस्कृतिविद् डाक्टर गोविन्द टण्डन भन्छन्, ‘पौराणिक कालमा आधुनिक प्रविधिको नभएका कारण यस्ता कामुक आसनहरु टुँडालमा कुँद्दा चट्याङ् लगाएत प्राकृतिक विपतिबाट मन्दिरलाई जोगाउछ भन्ने मान्यता थियो।

अर्को सामाजिक पक्षबाट हेर्दा धर्म प्रतिको विश्वास र आस्थाको धरोहर मन्दिर भएकाले मानिसहरु मन्दिर जाने हुँदा यौन शिक्षाको चेतना जागृत गराउनु पनि हो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा