शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

देश लुटेको पैसाले नारायणीमा एमाले पार्टीको भोज : रन्जित तामाङ


  • शुक्रबार, मंसिर १० २०७८
8.5K
SHARES

फाइल तस्विर

अखिल क्रान्तिकारीका निवर्तमान अध्यक्ष रन्जित तामाङले देश लुटेको पैसाले एमालेले चितवनमा भोज गरिरहेको आरोप लगाएका छन्।

नेकपा (माओवादी केन्द्र) माइनगरपालीका इलामको नगर सम्मेलनलाई बिहिबार सम्बोधन गर्दै तामाङले चितवनमा पार्टी अधिवेशन गरिरहेको नेकपा एमाले माथि यस्तो आरोप लगाएका उनले साढे तीन वर्ष जनताको मतको अपमान गर्दै ओलीले मजाक र ठट्टा गरेर बिताएको बताए। उनले ले केपी वली नेतृत्वको सरकारको भ्रष्टाचार छानबिन हुनुपर्ने माग समेत गरे।

तामाङले भने ,’केपी ओली सरकारले इतिहासमा पहिले कहिल्यै नभएको भ्रष्टाचार गरेको छ र त्यही देश लुटेको पैसाले नारायणी किनारमा ‘पिकनिक’ आयोजना गरेर धुलो उडाइरहेको छ ।

हामी ओली सरकारका पालाम भएको अभूतपूर्व भ्रष्टाचारमाथि छानविनको माग गर्दछौं । आफ्नो अधिकांश समय केपी ओली र एमालेको आलोचनामा खर्चेका तामाङले ओलीमाथि गणतन्त्रको संघर्षमा भागेको र गणतन्त्र आइसकेपछि पनि संघीयता र गणतन्त्र बिरुद्ध चलखेलको असफल प्रयास गरिरहेको आरोप समेत लगाए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा